punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको गायत्री राईस मिलमा आगलागी

Chaupati
safha napa

धनगढीमा रहेको गायत्री राईस मिलमा आगलागी भएको छ । धनगढी १५ कनरीमा रहेको उक्त मिलमा बिहिवार बिहान साढे १० बजे आगलागी भएको हो । आगलागीबाट मिलमा भएको सम्पुर्ण अन्न जलेर नष्ट भएको मिलका सञ्चालक किरण सिंहले जानकारी दिएका छन् ।

खरले छाएको भान्साबाट सल्किएको आगो मिलमा पसेपछि क्षतिको मात्रा बढेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक वेद प्रकाश जोशीले बताए ।  ‘स्थानीयको सहयोगमा अहिले आगो नियन्त्रणमा लिईएको छ’, उनले भने, ‘घटनाबारे थप अनुसन्धान जारी छ ।’

आगालागीबाट भने कुनै मानविय क्षति भएको छैन । यता आगलागी भएर पटक पटक सम्पर्क गर्दापनि धनगढी उपमहानगरपालिकाको दमलक आउन ढिलासुस्ती गरेको स्थानीयको भनाई रहको छ ।


१९ जेठ २०७९, बिहीवार १३:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु