कैलालीमा श्रीमान्–श्रीमती मृत फेला

कैलालीको गोदावरीमा श्रीमान् श्रीमती  मृत फेला परेका छन् । गोदावरी नगरपालिका–७ हरैयामा ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार हेमबहादुर घर बाहिर रुखमा झुण्डिएको अवस्थामा र पदमा घरभित्रै ओछ्यानमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेका हुन् ।

‘प्रारम्भिक अनुसन्धानबाट हेमबहादुरले श्रीमतीको हत्यापछि आफूले आत्महत्या गरेको देखिन्छ, डीएसपी जोशीले भने ।

उनीहरूका तीन छोरा रहे पनि सबै घरभन्दा बाहिर रहेको बताइएको छ । घटनास्थलबाट  एउटा खुकरी फेला परेको डीएसपी जोशीले जानकारी दिए ।


१७ जेठ २०७९, मंगलवार १०:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु