punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गुजरात टाइटन्सलाई आईपीएलको उपाधि

Chaupati
safha napa

इन्डियन्स प्रिमियल लिगको नवप्रवेशी टोली गुजरात टाइटन्सले उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि उचालेको हो।

गुजरातले पहिलो सहभागितामै आईपीएलको उपाधि जितेको हो। आईपीएलको यही सिजनबाट उसले खेल्न थालेको थियो।

राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो। गुजरातको जितमा सुबमन गिलले अविजित रहँदै सर्वाधिक ४५ रन बनाए। कप्तान हार्दिक पान्डय ३४ रन जोडे।

राजस्थानका ट्रेन्ट बोल्ड, प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले १–१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन जोडेको थियो।

राजस्थानका लागि जोश बट्लरले सर्वाधिक ३९, याशभी जैसवालले २२ रन जोड्दा रियान परागले १५ रन जोडेका थिए। कप्तान सन्जु सामसन १४ रनमा आउट भए। गुजरातका हार्दिक पान्डयले ३ तथा साई किशोरले २ विकेट हात पारे।

पहिलो क्वालिफायरमा राजस्थानलाई हराएको गुजरातले फाइनलमासमेत पराजित गर्दै आईपीएलको उपाधि उचालेको हो।


१६ जेठ २०७९, सोमवार ०६:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु