हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो
आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले विमान भेटिएको र थप विवरण आउन बाँकी भएको जानकारी दिए।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले पनि धौलागिरी हिमश्रृङ्खलाको तल्लो भागमा विभान भेटिएको सूचना पाएर आफूहरु त्यतातर्फ जाँदै गरेको जानकारी दिए।
‘हामी कन्फम गर्दैछौं। संभवत अपेक्षा गरौं, भेटिएको जस्तो छ,’ उनले भने, ‘धौलागिरी हिमश्रृङ्खलाको तल्लो भागमा भेटिएको भन्ने छ। हामी त्यहाँ पुग्दैछौं।’यसबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।
आज बिहान ५ बजेबाट नै सेना र प्रहरीको टोली खोजीकार्यमा संलग्न भएको थियो।
१६ जेठ २०७९, सोमवार ०७:५६ बजे प्रकाशित






























