नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्यो
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको छ । जेठ २२ देखि २८ गतेसम्म पोखरामा गर्ने तयारी गरिएको प्रतियोगिता असोज अन्तिम साताका लागि सरेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतियोगिता सार्ने निर्णय गरेको हो ।
प्रतियोगिता अब असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । यो पटक प्रतियोगितामा ३६ वटा खेल समावेश गरिने भनिएको थियो ।
१० जेठ २०७९, मंगलवार १५:१७ बजे प्रकाशित












