माओवादी केन्द्र संसदीय दलको बैठक आज
नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार संघीय संसदमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । दिउँसो ४ बजे संघीय संसदको संयुक्त बैठक बोलाइएको छ ।
त्यसअघि पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने तय भएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
१० जेठ २०७९, मंगलवार १३:४८ बजे प्रकाशित












