मेयर हमालको आह्वान–मलाई उद्घाटन गर्न नबोलाइदिनुहोला

कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफूलाई ‘उद्घाटन कार्यक्रममा नबोलाउन नगरवासीलाई आह्वान गरेका छन् ।  आज शपथग्रहण गरेलगत्तै हमालले अतिआवश्यक कामबाहेक उद्घाटन, सभा, सेमिनार, स्वागत, सम्मान आदि कार्यक्रममा नअल्झाउन आह्वान गरेका हुन् ।

‘अत्यावश्यक कामबाहेक उद्घाटन, सभा, सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई मलाई जनताको काम गर्ने वातावरण बनाइ सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछु’, हमालले भनेका छन्, ‘यहाँहरूको अमूल्य मतबाट धनगढीको अभिभावकको जिम्मेवारीमा पुर्‍याइसकेपछि अब मैले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्न मेरो सम्पूर्ण समय आजैदेखि लगाउनेछु ।’

स्थानीय तहको चुनावबाट हमाल धनगढी उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।


९ जेठ २०७९, सोमवार १२:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु