मेयर गोपाल हमालले गरे पदभार ग्रहण

मेयरमा निर्वाचित गोपाल हमालले धनगढी उपमहानगरपालिकामा नगर प्रमुखको जिम्मेवारी सम्हालेका छन । सोमबार सपथ ग्रहण गरेलगत्तै उनले उपमहानगरपालिको कार्यकक्षमा पुगी पदभार सम्हालेका हुन ।

मुख्य निर्वाचन अधिकृत जयान्नद पनेरूले जिल्ला अदालतको हलमा उनलाई १० बजे पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । हमालले धनगढीको पञ्चवर्षीय आवधिक योजना निर्माण सम्बन्धी प्रस्ताव सदर गर्दै पदभार सम्हालेका छन् ।

हमाल समक्ष प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पेश गरेको प्रस्तावमा अगामी आर्थिक वर्ष २०७९/८० देखि २०८३/८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना बनाइ कार्यान्वयनमा लैजाने उल्लेख छ । तर प्रकृयागत काम भने चालु आर्थिक वर्षदेखि नै अगाडि बढाइने जनाइएको छ ।


९ जेठ २०७९, सोमवार १२:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु