बाजुरामा नेपाली सेनाद्वारा ४ बेडको आइसोलेशन निर्माण
बाजुरा ,जेठ २२। जिल्लाको सदरमुकाम मार्तडीमा नेपाली सेनाले ४ बेडको आइसोलेशन निर्माण गरेको छ । कोरोना भाइरसको जोखिमतालाई मध्यनजर गरी जिल्लाको सदरमुकाम मार्तडीमा ४ बेडको अस्थाई आइसोलेशन तयार गरेको हो ।
बाजुरा जिल्लामा कोरोना संक्रमण फैलिदै गएको र जिल्ला अस्पताल निमार्णाधिन अबस्थामा रहेको बिरामीको संख्यामा बृद्धि हुदै गएपछि नेपाली सेनाले २ दिनमै ४ बेडको आइसोलेशन ब्याड निमाण गरेको समरजित गुल्म थापाथली ब्यारेकका गुल्मपती रबिन श्रेष्टले बताए ।
जिल्लामा दिनानुदिन भारतबाट आउनेको संख्या संगै जिल्लामा दैनिक बिरामीहरु आउने भएको र कोरोनाको पुष्टि नहुन्जेल सम्म बस्नका लागि जिल्ला समन्वय समितिको मैदानमा ४ ब्याडको आइसोलेशन बनाएको गुल्मपती श्रेष्टले बताए ।
हाल विश्वभर फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिमलाई मध्यनजर राखि नेपाली सेनाले आन्तरिक रुपमा उक्त भाईरसको रोकथाम तथा संभावित महामारी विरुद्ध न्युनिकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी शुरु गरेको गुल्मपती श्रेष्टले बताए ।
२२ जेठ २०७७, बिहीवार ०७:०४ बजे प्रकाशित












