डोटीमा दुई महिलाले क्वारेन्टिनमा शिशु जन्माए

डोटी,जेठ २२। डोटीमा एकै दिन दुई महिलाले क्वारेन्टाइनमा शिशुलाई जन्म दिएकी छिन्। दिपायल सिलगढी नगरपालिका २, खातिवडास्थित देवी माविमा रहेको क्वारेन्टाइनमा रहेकी २१ वर्षीया गीता आउजी र शिखर नगरपालिका ३, छडिमाडौंस्थित भवानी आवि खन्याडीमा रहेको क्वारेन्टाइनमा रहेकी २५ वर्षीया पूजा सार्कीले शिशुलाई जन्म दिएकी हुन्।

दिपायल सिलगढी नगरपालिका-२ खुल्लेखमा घर भएकी आउजीले बुधबार राती १ बजेर ४४ मिनेटमा छोरालाई जन्म दिएको वडा अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए । उता शिखर नगरपालिका- ३ नकुराला घर भएकी सार्कीले बिहीबार बिहान ५ बजेर ३० मिनेटमा छोरा जन्माएको शिखर नगरपालिकाका स्वास्थ्य इकाइ इन्चार्ज हरिष शाहले जानकारी दिए ।

भारतको राजस्थानबाट जेठ १२ गते गीता आउजी श्रीमान अमर आउजी र एक बच्चाका साथ घर फर्किएकी थिइन भने पूजाले १५ जेठमा  भारतको मुम्बैबाट श्रीमान गगन सार्कीसँगै आएकी थिइन् ।

उनीहरुलाई क्वारेन्टाइनमै अलग्गै सुरक्षितसँग राखिएको छ । अहिले दुबै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । यसअघि पनि जेठ १६ गते शिखर नगरपालिका १ कपल्लेकीकी २७ वर्षीया मञ्जु खातीले सोहि वडामा रहेको क्वारेन्टाइनमा छोरालाई जन्म दिएकी थिइन् ।


२२ जेठ २०७७, बिहीवार ०६:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु