कैलालीमा दैनिक बिहान ११ बजे सम्म बजार खुल्ने
धनगढी,जेठ २२। कैलालीमा दैनिक बिहान ११ बजे सम्म पसल तथा उद्योगहरु खुल्ने भएका छन । कैलाली उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीच भएको छलफलमा व्यापार व्यवसाय सञ्चालन गर्ने सहमति भएको हो।
विहान ११ बजे सम्म व्यवसाय संचालनका लागी मौखिक सहमती भएको उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकाय र कैलाली उद्योग वाणिज्य संघको संयुक्त बैठकले बिहान ११ बजे सम्म व्यवसाय सञ्चालन गर्ने सहमति गरेको उनले बताए । मंगलवार व्यवसाय सञ्चालनको वातावरण बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीलाई ज्ञापनपत्र समेत बुझाएको थियो ।
२२ जेठ २०७७, बिहीवार ०७:१६ बजे प्रकाशित












