धनगढीमा हमालको अग्रता कायमै, १५ हजार ४६७ मत गन्दा कसको कति ?
कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तर बनाएका छन्। शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म १५ हजार ४६७ गणना भएको छ। जसमा हमालले ६ हजार ८४१ मत पाएका छन्।
यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ५५४ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ८०७ मत पाएका छन्। हमाल र वडबीच ३ हजार २८७ मतको अन्तर रहेको छ।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ११३, एमालेकी कन्दकला रानाले ३ हजार ४९ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६८६ मत पाएका छन्।
३ जेठ २०७९, मंगलवार १०:१७ बजे प्रकाशित












