बझाङको तलकोट गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित ६ वटा वडा एमालेले जित्यो
बझाङको तलकोट गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ६ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा एमालेका कलक बहादुर रोकाया र उपाध्यक्षमा पार्वती कुँवर भण्डारी निर्वाचित भएका छन् ।
अध्यक्ष रोकायाले २ हजार ७५९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका नारायण कुमार धामीले २ हजार २२९ मत ल्याए । राप्रपाका ललित प्रसाद जोशीले ३५ मत पाए ।
यसैगरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकी पार्वती कुँवर भण्डारी २ हजार ६२१ मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जयकुमारी ऐडीले २ हजार ३९२ मत ल्याए ।
स्वतन्त्र उम्मेदवार पार्वती ऐडीले ६८ मत पाइन् । ७ वडा रहेको तल्कोटमा नेकपा एमालेले ६ वडा जितेको छ ।
३ जेठ २०७९, मंगलवार ०७:५३ बजे प्रकाशित












