पाटन नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

बैतडीको पाटन नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । मेयर पदमा नेपाली कांग्रेसका गौरी सिंह रावल ६ हजार ८६९ मत ल्याइ निर्वाचित भए । रावलले नेकपा एमालेका उम्मेदवार नारायण भण्डारीलाई १ हजार ५७९ मत अन्तरले पराजित गरे । भण्डारीले ५ हजार २९०मत ल्याए ।

उपमेयरमा माओवादी केन्द्रका कमल सिंह बोहरा ५ हजार ७५१ मतसहित निर्वाचित भएका छन् । एमालेका उम्मेदवार हरु भट्टले ५ हजार ४२७ मत ल्याए । पाटनमा काग्रेस र माओवादीको गठबन्धन थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो ।


३ जेठ २०७९, मंगलवार ०७:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु