सय मत गणना गर्दा भीमदत्त नगरपालिकामा १२० भेटिएपछि मतगणना स्थगित
कञ्चनपुरको भीमदत्त नगरपालिकामा सय मत गणना गर्दा एक सय २० मतपत्र पाईएपछि मतगणना स्थगित भएको छ ।
भीमदत्त नगरपालिका वडा नं २ को मतगणा गर्ने क्रममा एक सय मत पत्र भनि खोलिएको पोकामा एक सय २० मतपत्र पाईएपछि मतगणना स्थगित भएको हो । भिमदत्त नगरपालिका वडा नं १ को मत गणना भईसकेको छ ।
१ जेठ २०७९, आइतवार १२:३९ बजे प्रकाशित












