टीकापुर– ५ मा नागरिक उन्मुक्ति पार्टीको प्यानल नै विजयी
कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले विजयी यात्रा शुरूवात गरेको छ ।
वडा नम्बर ५ मा वडाध्यक्षका उम्मेदवार वीरबल थारुसहित उनको पूरै प्यानल नै विजयी भएको हो ।
वडाध्यक्षमा बलवीर थारु ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्यमा बासमती चौधरी ८६२ र दलित सदस्यमा सरिता भुल ८९६ मत ल्याइ विजयी भएका छन् ।
३१ वैशाख २०७९, शनिवार २३:४१ बजे प्रकाशित












