धनगढी उपमहानगरमा १३५३ मतगणना गर्दा हमालको अग्रता कायमै

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । अहिले सम्म १ हजार ३ सय ५३ मतगणना हुँदा हमालले ६१८ मत पाएका छन् । यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३९८, नेकपा एमालेका रणबहादुर चन्दले ५३ मत पाएका छन्।

स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका छन् । उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो । धनगढीमा मेयरमा ९ र उपमेयरमा ६ जनाको उम्मेदवारी रहेको छ ।

 


३१ वैशाख २०७९, शनिवार २३:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु