पेट्रोलियम पदार्थको मूल्य बढ्यो , पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रूपैया वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १० रूपैयाँ वृद्धि गरेको हो । मूल्यवृद्धिसँगै निगम परिसरबाट १५ किमीसम्म पेट्रोलको खुद्रा मूल्य १७० रूपैयाँ पुगेको छ । त्यस्तै डिजेलको १५३ रूपैया र मट्टितेलको मूल्य १५३ रूपैया पुगेको छ ।


३१ वैशाख २०७९, शनिवार २३:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु