टीकापुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै
कैलालीको टीकापुरमा अहिलेसम्म १ हजार ६ सय मत गणना सकिएको छ । टीकापुरमा नागरिक उन्मुक्ति पार्टीले दोब्बर बढीले अग्रता लिएको छ ।मतपरिणाम अनुसार प्रमुखमा उन्मुक्ति पार्टीका रामलाल डगौरा थारुले ५८८ मत ल्याएर अग्रता कायमै राखेका छन् । नेकपा एमालेका श्याम खत्रीले २६७ र नेपाली काँग्रेसका नवराज रावलले २१९ मत प्राप्त गरेका छन् ।
यस्तै उप प्रमुखमा उन्मुक्तिबाट उल्कादेवी विकले ५०१ मत ल्याएर अग्रता कायमै राखेकी छन् । एमालेका उपमा केसीले १ सय ९० र नेकपा माओवादी केन्द्रका खडक शाहले २१३ मत प्राप्त गरेका छन् ।
३१ वैशाख २०७९, शनिवार १८:३८ बजे प्रकाशित












