धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता

कैलालीको धनगढी उपमहानगरपालिकामा १०० मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार गोपालले हमालले अग्रता लिएका छन् । उनले ५५ मतका साथ अग्रता लिएका हुन् ।

गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नृपबहादुर वडले २२ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका रणबहादुर चन्दले २ मत प्राप्त गरेका छन् । १०० मत गणना हुँदा २१ मत बदर भएको छ ।


३१ वैशाख २०७९, शनिवार १५:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु