देउवाको सभामा हिसाब किताब राख्ने रहर छ : पूर्व सभापति मल्ल
डडेलधुराका पूर्व सभापति कर्ण मल्लले पार्टीको २७ गते डडेलधुरामा हुने सभामा बोल्ने मौका पाए सबै हिसाब किताब राख्ने बताएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी हुने सभामा आफूले १० मिनेट मात्र बोल्न पाए सबै सबै हिसाब किताब राख्ने बताए ।
नेपाली कांग्रेस वीपी र नेकपा एमालेले बसपार्कमा गरेको संयुक्त सभामा मल्लले भने‘ ‘हिम्मत छ भने मलाई २७ गते हुने देउवा दाइको आमसभामा १० मिनेट बोल्न दिनुस्, म कांग्रेसका विद्रोही हरि भट्टका तर्फबाट आफ्ना कुरा राख्छु, २०६७ सालमा म डडेल्धुराको नेतृत्वमा आएपछि के के काम गरे सबै भन्नेछु ।’ मल्लले एमालेसँग गठबन्धन गर्दै कांग्रेस वीपीकातर्फबाट कांग्रेस विरुद्ध उम्मेदवार उठाएका छन् । अहिले उनी नेपाली कांग्रेसको कारबाहीमा परेका छन् ।
२३ वैशाख २०७९, शुक्रवार १९:५३ बजे प्रकाशित













