आगलागीमा परी भोजपुरमा एक बालिकाको मृत्यु

आगलागीमा परी भोजपुरको षडानन्द नगरपालिकामा अढाई वर्षीया बालिकाको मृत्यु भएको छ । बिहीबारे बजारस्थित खेममणि तामाङको घरमा लागेको आगोमा जलेर उनकी छोरी रेश्मा तामाङको मृत्यु भएको हो । बेलैमा उद्धार हुन नसक्दा बालिकाले ज्यान गुमाएको स्थानीयले बताए ।

आगलागीमा परी बालिकाका बुबा २८ वर्षे खेममणि र आमा २३ वर्षीया मीना घाइते भएका छन् । उनीहरूको उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।

आगलागीबाट चार घर जलेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । सशस्त्र, प्रहरी र स्थानीयले राति १० बजेतिर आगो निभाउन सफल भएका थिए ।

 


२३ वैशाख २०७९, शुक्रवार ०८:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु