कांग्रेसले मेयर नजितेका ठाउँमा पैसा पठाउँदैनौं: आरजु

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पार्टीले नजितेका स्थानीय तहमा पैसा नपठाउने बताएकी छन्।

उनले गृहजिल्ला डडेल्धुरामा आज आयोजित चुनावी कार्यक्रममा मेयर नजित्ने नगरपालिकामा बजेट नपठाइने बताएकी हुन्। डडेल्धुरामा नेपाली कांग्रेस र नेपाली कांग्रेस ९बिपी० का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ।

उनले कांग्रेस बिपीका उम्मेदवारलाई भोट नदिन आग्रह गरिन्।‘जहाँ कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं,’ उनले भनिन्, ‘यो कुरा ध्यान दिएर करूवा सरूवा।।। पार्टीलाई भोट नहाल्नुस्।’

कांग्रेस बिपीको चुनाव चिन्ह करूवा छ। कांग्रेसबाट विद्रोह गरेका कर्ण मल्ल पक्षले डडेल्धुरामा विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएको छ।

मल्ललाई कांग्रेसले कारबाही गरेको थियो। मल्ल पक्षले कांग्रेस बिपीको चिन्ह लिएर एमालेसँग चुनावी तालमेल गरेका छन्।


२२ वैशाख २०७९, बिहीवार २०:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु