धनगढी पुगेर एमाले अध्यक्ष ओलीले दिए प्रचण्डलाई बधाई
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नेलाई वैशाख ३० पछि सबैको अवस्था थाहा हुने बताएका छन् । धनगढीमा बिहीबार आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘एमालेलाई १५ वर्ष चुसेका व्यक्तिले एमालेलाई नै टर्च बालेर खोज्नु पर्छ भनेर भनेछन्’, ओलीले भने, ‘टर्च बाल्नुपर्छ कि पर्दैन धनगढीमा आएर हेर्नुस्, ३० गते पछि थाहा पाउने छौ कसलाई टर्च बालेर खोज्नु पर्छ ।’
‘यो चुनावको परिणाम आएपछि गठबन्धनको हेर्नुहोला हालत के हुन्छ मैले अहिले नै धेरै नभनौँ होला तर बेहाल हुन्छ’, ओलीले भने, ‘चुनाव जित्ने कहीँ बाट होइन । एउटाले अर्कोलाई दोष लगायो अर्कोले अर्कोलाई दोष लगायो । जनताले भोट दिएको थाहा हुने होइन ।’ उनले निर्वाचनपछि तत्काल गठबन्धन टुट्ने दाबी गरेका छन् ।
यस्तै ओलीले धनगढी आएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई बधाइसमेत दिएका छन् । प्रचण्डले रोएपछि कांग्रेसले मञ्च दिएको भन्दै उनले बधाइ दिएका हुन् । विराटनगरमा कांग्रेसले बोल्न नदिएको भन्दै चितवनमा बोल्न प्रचण्डले शेरबहादुर देउवालाई गुहारेको बताए् ।
‘हिजो उहाँहरूले विराटनगरमा बोल्न पाउनु भएको थिएन । आज चितवनमा बोल्न शेरबहादुरसँग रुनै पर्यो’, उनले भने, ‘मेरो छोरीलाई भोट माग्न जाने मै बोल्न नपाउने भनेपछि कमसेकम मञ्चमा जान त पाउनु भयो ।’
ओलीले कांग्रेस र माओबालीलाई होइन एमालेलेलाई भोट हाल्ने दाबि गरे ।
२२ वैशाख २०७९, बिहीवार २०:२५ बजे प्रकाशित












