आरजुले मागिन् संयुक्त गठबन्धनका मेयर वडलाई भोट
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् नेतृ आरजु राणा देउवाले संयुक्त गठबन्धनबाट धनगढीका मेयर पदका उम्मेदवार नृप बहादुर वडलाई भोट मागेकी छन् । आफनै निवास धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले मिडियाबाटै वडलाई भोट हाल्न माग गरेकी हुन् ।
देशकै उत्कष्ट मेयर बन्न सफल व्यक्ति धनगढी उपमहानगरपालिकाको मेयर बन्नुपर्ने भन्दै उनले धनगढीबासीलाई पुन: मतदान गरेर जिताउन आग्रह गरिन् । ‘यसअघि कांग्रेसबाट कांग्रेसबाट निर्वाचित भएका ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाका देशकै उत्कृट मेयर घोषित भएका हुन्,’ उनले भनिन्, ‘राम्रै काम गरेर उत्कृट घोषित हुनुभयो होला । धनगढीलाई फेरि पनि नृप वडको खाँचो छ ।’
मेयरमा वड विजय भएर आइसकेपछि थुपै्र विकास भएको दाबी गर्दै उनले बाकी रहेका काम गर्न पनि धनगढीको मेयरमा वडको विकल्प नभएको बताइन् । ‘मेयरमा वड आइसेपछि १२ वटा पार्क, २५ किलोमिटर ढल निर्माण, ६७ वटा विद्यालय निर्माण भएका छन्,’ उनले भनिन्, ‘यो थोरै काम होइन । नेपाली काँग्रेसको सरकार पनि थिएन । हामीले बाँकी बजेट ल्याउन नसक्दा पनि उहाँले यहीँ व्यवस्थापन गर्न सक्नु भएको छ । ७०.१२ प्रतिशत कालो पत्रेसडक पनि निर्माण भएको उनले बताइन् ।
वडको कार्यकालमा ११९ किलो मिटर ग्राभेल सडक समेत बनेको र २६ वटा पुल समेत निर्माण भएको उनको भनाइ छ । ‘कोभिडको समयमा आफनो ज्यानको कुनै प्रवाह नराखेर १ लाख ७५ हजार मान्छेलाई उहाले व्यवस्थापन गरेर पठाउनुभयो,’ उनले भनिन्, ‘नेपाली काँगेसमा वड बाहेक मेयरमा उठछु भने कोही व्यक्ति पनि छैनन् । उहाँ २४ घण्टा खटेर लाग्ने मान्छे हुनुहुन्छ ।’ धनगढीका लागि अर्को मेयरको परिकल्पना पनि गर्न नसकिने उनको भनाई छ ।
मेयरमा वडलाई जिताउन नसकेर वडाहरुमा मात्रै जिताएर पनि काम नभएको उनले बताइन् । ‘टाउकै नभएपछि हात ख्टाले मात्रै के गर्छ,’ उनले भनिन । नेतृ देउवाले गठबन्धनकै यो राम्रो टीमलाई चयन गर्न सक्यो भने मात्रै धनगढीको विकास हुने उनले बताइन् । ‘दलित समुदायबाट आएर पनि वडले धेरै परिवर्तन गर्न सक्नुभएको छ,’ उनले भनिन्, ‘हामीले हाम्रो समाजमा चाहेको व्यक्ति पनि यस्तै हो ।
काँग्रेसको मेयर भएन भने धनगढीमा बजेट ल्याउनलाई समस्या हुने उनको भनाइ छ । बजेट ल्याउन पनि पार्टीमा प्रतिशपर्धा हुने गरेको भन्दै उनले भनिन्, ‘त्यो क्षमता नृप वडसंग छ ।’ उनले गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको उनले बताइन् । यो टीमले विजय हाँसिल गरेमा धनगढी उपमहानगरपालिकालाई महानगरपालिका बनाउन पनि पहल गर्नेसमेत उनको भनाई छ ।
१९ वैशाख २०७९, सोमवार २२:०८ बजे प्रकाशित












