गोरखामा जन्ती बोकेको जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु
गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गोरखाको सिरानचोक गाउँपालिका वडा नं। ४ छोप्राकबाट बेहुली लिएर चितवन जाँदै गरेको बा १४ च ७८१ नम्बरको स्कोर्पियो जिप आरुबोटे फिरफिरेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
चितवनबाट आएका जन्ती फर्कने क्रममा स्कार्पियो साँझ आरुबोटेको फिरफिरे भीरबाट करीव २ शय मिटर तल खसेको हो । घटनास्थलमा प्रहरी पुगिसकेको र मृतकको पहिचान हुन बाँकी रहेको स्थानीयले जानकारी दिएका छन् ।
१९ वैशाख २०७९, सोमवार २२:२८ बजे प्रकाशित












