नेता राहुल गान्धी काठमाडौंमा

भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं आइपुगेका छन् । भिस्तार एयरलाइन्सको विमानमार्फत सोमबार गान्धी काठमाडौं आइपुगेको विमानस्थल स्रोतले जनाएको छ ।

निजी भ्रमणको क्रममा काठमाडौं आइपुगेका उनी अहिले काठमाडौंस्थित मेरियट होटलमा बसेका छन् ।नेता गान्धीले ५ दिन नेपालमा बिताउने छन् ।उनी शुक्रबार स्वदेश फर्कनेछन् ।


१९ वैशाख २०७९, सोमवार २०:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु