लागुऔषधसहित एकजना पक्राउ
झापाको मेचीनगर नगरपालिका–६ बाट लागुऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ–७ मधुमल्लाका ३५ वर्षीय सुरेश लावती रहेका छन् ।
बिहीबार इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लावतीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट लुपिजेसिक २७ एम्पुल, डाइजेपाम २७ एम्पुल र फेनारगन–२७ एम्पुल बरामद गरेको इलाका प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका लावतीको सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
१६ वैशाख २०७९, शुक्रवार १२:०४ बजे प्रकाशित













