रुकुमपश्चिममा घटेको घटनाका दोषीलाई कारबाही गर्न नागरिक समाज कैलालीको माग

धनगढी,जेठ १४ । नागरिक समाज कैलालीले जेठ १० गते रुकुम पश्चिमको चौरझारी नगरपालिका ८ सोतीमा तीनजना युवाको हत्या गर्ने हत्यारालाई कार्वाहीको माग गरेको छ । मंगलबार नागरिक समाज कैलालीले कार्वाहीको माग राख्दै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा मार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा गैर दलित समुदायको यूवती र दलित समुदायको यूवक बिच बिवाह गर्न नदिन सोतीका गाउँलेले नवराज बिक, गणेश बुढामगर र टिकाराम बिककाृ हत्या गरिएकोले यो दलित समुदाय माथी सांस्कृतीक रुपमै आक्रमण भएको बताईएको छ । घटनाले मानव अधिकारको उल्लंघन मात्रै नगरेर बर्तमान संविधान र ऐन कानुनको धज्जी उडाएको ज्ञापनपत्रमा उल्लेख छ ।

घटनाको सत्यतथ्य छानविन गरि हत्या गरिएका ब्यक्तिलाई सहित घोषणा गर्न , पिडित परिवारलाई राहत र क्षेतिपूर्ती दिन दोषीलाई ज्यान मुद्धा र जातीय भेदभाव सम्वन्धी कसुरमा मुद्धा चलाउन ज्ञापनपत्रमा माग गरिएको छ ।


१४ जेठ २०७७, बुधवार ०८:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु