पहाडी भू–भागका एक-दुई स्थानमा चट्याङ्सहित हल्का वर्षाको सम्भावना
हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बिहान मुलुकका अधिकांश भू–भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसाे प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना पनि रहेकाे माैसमविद्ले जानकारी दिएका छन् ।
राति प्रदेश १ को पहाडी भू–भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
बिहीबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
३० चैत २०७८, बुधवार ०७:४४ बजे प्रकाशित













