नेकपा एमाले धनगढी इन्चार्जको जिम्मेवारी भट्टलाई
नेकपा एमाले धनगढी उपमहागरपालिकाको इन्चार्जको जिम्मेवारी चुडामणी भट्टलाई दिइएको छ।
नेकपा एमाले कैलाली जिल्ला कमिटीले भट्टलाई उपमहागरपालिकाको इन्चार्जको जिम्मेवारी दिएको हो ।
मंगलबार बसेको बैठकले एमालेका जिल्ला सदस्य तथा कैलाली बहुमुखी क्याम्पसका सभापतिसमेत रहेका भट्टलाई एमालेको जिल्ला कमिटी सचिवालयको उक्त जिम्मेवारी दिएको हो।
२९ चैत २०७८, मंगलवार २२:१३ बजे प्रकाशित













