नेपाली काँग्रेस क्षेत्रीय समितिको कोषाध्यक्षमा भट्ट
नेपाली काँग्रेस क्षेत्र नम्बर ५ को क्षेत्रीय समितिको कोषाध्यक्ष पदमा इन्जिनियर तर्कराज भट्ट मनोनीत भएका छन् । नेपाली काँग्रेस क्षेत्र नम्बर ५ को क्षेत्रीय कमिटीले भट्टलाई कोषाध्यक्ष पदमा नियुक्त गरेको हो ।
भट्ट त्रिभुवन इन्जिनियरिङ कन्सल्टेन्सी, जगदम्बा डेभोलपर्स, जगदम्बा डिजाइनिङ स्टुडियोको प्रबन्ध निर्देशक हुन् । उनी नेपाल युवा उद्यमी मञ्च र लोकतान्त्रिक ईञ्जिनियर्स एशोसिसयनमा पनि आबद्ध छन् ।
२९ चैत २०७८, मंगलवार १८:०३ बजे प्रकाशित













