जिल्ला खेलकुद विकास समिति कञ्चनपुरको अध्यक्षमा खड्का नियुक्त

जिल्ला खेलकुद विकास समिति कञ्चनपुरको अध्यक्षमा कुबेर खड्का नियुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयले खड्कालाई आध्यक्षमा नियुक्त गरेको जनाएको छ । उनी नेकपा एकीकृत समाजवादी कृष्णपुर नगर कमिटी सचिवालय सदस्य हुन् ।

खड्का एसीयन कराते फेडरेशनको प्रशिक्षक, राष्ट्रिय गोजुरियो कराते संघका केन्द्रीय सदस्य र राष्ट्रिय गोजुरियो कराते संघ सुदूरपश्चिमका सहायक प्रमुख प्रशिक्षक समेत हुन् । यसअघि जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा ओम बस्नेत रहेका थिए ।


२९ चैत २०७८, मंगलवार ११:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु