देशका विभिन्न स्थानमा मौसम सामान्य बदली रहने

पश्चिमी र स्थानीय वायुको प्रभावका कारण देशभरको मौसममा सामान्य बदली देखिएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवार बिहान देशका विभिन्न स्थानको मौसममा सामान्य बदली आएको छ।

प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागमा आज मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो पनि देशका विभिन्न स्थानमा मौसम बदली रही प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।

राति देशका पहाडी भू(भागमा सामान्य बदली रही प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागमा केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।


२९ चैत २०७८, मंगलवार ०८:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु