सुनको मूल्य ताेलामा फेरि १ लाख रुपैयाँ नाघ्याे
आइतबार सुनको भाउ ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको १ लाख ३ सय रुपैयाँ कायम भएको छ ।
यसअघि, गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ १० रुपैयाँले बढेको छ । शुक्रबार १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी १ हजार ३ सय ६५ रुपैयाँ निर्धारण भएको छ ।
२७ चैत २०७८, आइतवार १२:३९ बजे प्रकाशित













