एमालेबाट निर्वाचित वेदकोटका मेयरसहित जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश

कञ्चनपुरमा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका अशोककुमार चन्दसहितका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित भएका चार जना वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । कञ्चनपुरको वेदकोट नगरपालिका(३ दैजीमा आइतबार आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेयर चन्दसहितका जनप्रतिनिधिलाई पार्टीमा स्वागत गरेका हुन् ।

मेयर चन्दसँगै वेदकोट नगरपालिकाकै वडा नं ३ का अध्यक्ष तिलक ठकुल्ला, वडा नं ४ का अध्यक्ष भास्कर भट्ट, वडा नं ७ का अध्यक्ष वीरबहादुर डगौरा, वडा नं ७ का अध्यक्ष दुर्गासिंह भण्डारी र वडा नं १० का अध्यक्ष केशव रावल पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

त्यस्तै नगर कार्यपालिकाका सदस्यहरु दलवीर टमटा, तारा रैकाल, निर्मला विष्ट चौधरी, पिंकी दमाइ र माया बोहरा तथा २२ जना वडासदस्य एकीकृत समाजवादीमा प्रवेश गरेका वडा नं १० का वडासदस्य डम्बर दत्त भट्टले जानकारी दिए ।

वेदकोटमा एमालेले मेयर, उपमेयरसहित १० वटा वडामध्ये ८ वटामा वडाध्यक्ष जितेको थियो। उपमेयर सुशीला सिंह भने एमालेमै छिन् । उनी एमालेको वेदकोट नगर कमिटी इन्चार्ज हुन् ।

 


२० चैत २०७८, आइतवार १७:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु