punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तनहुँमा जंगली च्याउ खाँदा १० जना बिरामी

Chaupati
safha napa

तनहुँमा जंगली च्याउ खाँदा १० जना बिरामी परेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका -३ का ४६ वर्षीया पार्वती थापा र २४ वर्षीया सरिता थापाले जंगलबाट ल्याएको च्याउ खाँदा १० जना विरामी परेको तनहुँ प्रहरीले जनाएको छ ।

खानासँग तरकारीका रुपमा च्याउ खाँदा उनीहरु बिरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

च्याउ खाएर बिरामी पर्नेमा स्थानीय २७ वर्षीया सविता थापा, ६ वर्षीया जेनिशा थापा, ४५ वर्षीया पदुमाया थापा मगर, चार वर्षीय जेन्स थापा, २६ वर्षीया बासना थापा, ४६ वर्षीया पार्वती थापा, २२ वर्षीय सुमन थापा, छ वर्षीय प्रिन्स थापा, २४ वर्षीया सरिता थापा र ४७ वर्षीय पदम थापा छन् ।

 


१९ चैत २०७८, शनिवार २१:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु