बाजुरामा भिरबाट लडेर एक जनाकाे मृत्यु
बाजुरा , ७ जेठ । बाजुरामा भिरबाट लडेर एक जनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे बडीमालिका नगरपालिका–९ का ६० वर्षिया हरि बहादुर थापाकाे भिरबाट लडेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला सदरमुकाम मार्तडी नजिकै रहेकाे बडीमालिका नगरपालिका ९ र ३ मा पर्ने खडीगाड मेलामा गाई वस्तुका लागि घाँस काट्ने क्रममा भिरबाट लडेका उनको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दान बहादुर रोकायाले बताएका छन् ।
७ जेठ २०७७, बुधवार ०७:५५ बजे प्रकाशित






























