बुधबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँ घट्यो

बुधबार पनि सुनको मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार प्रतितोला १ लाख ५०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १ हजार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ तोकिएको छ । जसको मूल्य मंगलबार प्रतितोला १ लाख रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघलले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

 


२ चैत २०७८, बुधवार १२:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु