डडेल्धुरामा मिनी ट्रक दुर्घटना

डडेल्धुरामा ग्यास सिलिण्डर लोड गरिएको मिनी ट्रक दुर्घटनामा परेको छ । धनगढीबाट बझाङका लागि छुटेको सु प ०१००१ ख २२५० नम्बरको मिनी ट्रक अमरगढी नगरपालिका–७ भालुमारेमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका चालक र सहचालक सकुशल रहेको तर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।


२ चैत २०७८, बुधवार १२:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु