स्थानीय तहको चुनाव : एक लाख म्यादी प्रहरीको भर्ना खुल्यो

आगामी ३० वैशाख हुने स्थानीय तहको चुनावका लागि प्रहरीले म्यादी प्रहरीको भर्ना खुलाएको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार स्थानीय चुनावका लागि एक लाख म्यादी प्रहरीको भर्ना खोलेको हो । १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्ना हुन पाउनेछन् ।

उनीहरूले चुनाव अवधिको ४० दिने सेवासुविधा पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ । म्यादी प्रहरीले ४० दिनको तलब ३० हजार २ सय ४०, खाद्यान्नबापत एकमुष्ठ ७ हजार २००, पोशाकका लागि ६ हजार र निर्वाचन स्थल आवतजावतका लागि थप एक हजार गरी जम्मा ४४ हजार ४०० रुपैयाँ पाउनेछन् ।

प्रहरीले सबै जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरी भर्ना दिन सकिने जनाएको छ । छनोट भएका व्यक्तिलाई ७ दिन तालिम दिएर चुनावमा खटाइने छ ।


१ चैत २०७८, मंगलवार २०:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु