संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य

संघीय संसदका दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालु अधिवेशन अन्त्य भएको छ ।सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ ।
सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मंगलबार राती १२ बजेबाट लागू हुनेगरी मन्त्रिपरिषदले उक्त सिफारिस गरेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति समक्ष संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।


१ चैत २०७८, मंगलवार २०:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु