सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी हुने छलफल भइरहेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने विषयमा छलफल भइरहेको बताएका छन् । सोमबार धनगढी पुगेका प्रचण्डले कांग्रेस सहभागी हुने विषयमा छलफल भइरहेको बताएका हुन् ।

कांग्रेसको सहभागिता प्रदेश सरकारमा छैन, यो विषयमा बैठकमा कुरा भयो । तर, सरकारमा मन्त्रालय थप गर्न नसकिने भएकोले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादीले नै त्याग गर्नुपर्यो भनेर अनुरोध गरिएको प्रचण्डले बताए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा यो विषयमा छलफल गर्ने बताएको समेत उनले बताए । हाल सुदूरपश्चिम सरकारलाई कांग्रेसको समर्थन रहे पनि सरकारमा छैन । ११ सदस्यीय मन्त्रिपरिषद्मा सात समाजवादी र चार माओवादीका मन्त्री छन् । प्रदेश सरकारको नेतृत्व फेर्ने विषयमा समेत गठबन्धनमा छलफल भएको प्रचण्डले बताए ।


३० फागुन २०७८, सोमवार १२:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु