धनगढी पुगेर प्रचण्डले भने– प्रकाश सपुतको गीत सुनेर आवेगमा आउनु पर्दैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतले गाएको पिर नामक गीत सुनेर कसैले पनि आवेग आउन नहुने बताएका छन् । सोमबार धनगढी पुगेका प्रचन्डले गीत सुनेर नै कसैले आवेगमा आउन नहुने बताएका हुन् । ‘सर्जकले बिभीन्न बिषयलाई लिएर गीत, कविता, नाटक गर्न पाउछ’ त्यसमा असहमती पनि जनाउन पाइन्छ तर बिरोध गर्न पाइदैन् ।
माओवादी पार्टीको बारेमा कसैले गीत बनाउछ भने त्यसलाई बिरोध गर्न नमिल्ने उनले बताए । ‘मैले त्यो गीत त्यति सुन्न पाएको छैन् । अलि अलि मात्रै सुन्न पाएको छु ।

प्रकाश सपुत आफैंमा पनि एउटा राम्रो सर्जक कलाकार हुन् । ‘यदि गीतमा एउटा पाटोबाट मात्रै माओवादी युद्ध र नेता कार्यकर्तालाई हेरियो भने त्यो गलत हुन्छ ।,’ किन भने त्यसका धेरै आयाम छन् । धेरै मर्म र पक्षमा छन् । उनले भने, नेतृत्वले शान्ती सम्झौता किन ल्यायो, शान्ती सम्झौतामा ल्याएपछि त्यसको ब्यवस्थापन के भयो, किन भयो र कति भयो भन्ने बिषयमा अहिले मात्रै होइन आउने सयौ बर्ष सम्म पनि यसको चर्चा भइराख्ने छ । यसको पक्ष र बिपक्षमा चर्चा चलिरहन्छ ।

यस्तै उनले जनयुद्धमा सहभागी लडाकुहरू बडो दुःख पूर्ण जीवन बिताइरहेको बताएका छन् । ‘कतारमा जाँदा होस्, चाहे मलेसियामा जाँदा मैले जतिलाई भेटेँ उहाँ त्यस्तो दुःख गरेर पनि उहाँहरूले मलाई भन्नुहुन्थ्यो, कमरेड तपाईलाई केही प¥यो भने हामीलाई भन्नुस् हैं । हामी बिचलित भएका छैनौ ।

त्यो महान जनयुद्ध शान्ती प्रक्रियामा ल्याउन ठिक थियो कि थिएन ? जनयुद्धलाई संविधानसभामा ल्याउन ठिक थियो कि थिएन?’ देशका लागि शान्ती प्रक्रियामा आएपछि कतिपयले माओवादी पार्टीले बर्वाद पा¥यो भन्ने पनि गरेका छन् भने कतिपय उत्पीडनमा समस्यामा परेका ब्याक्तिले हक अधिकार पनि पाएको उनले बताए । सबै उत्पीडित वर्गले केही न केही हक अधिकार पाएका छन भनेर गर्व गरेर बसेको पक्ष पनि रहेको उनको भनाई छ ।


३० फागुन २०७८, सोमवार १०:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु