गठबन्धनभित्र कुनै खटपट छैन : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनभित्र कुनै खटपट नभएको बताएका छन । सोबार धनगढी पुगेका प्रचण्डले गठबन्धनभित्र कुनै खटपट नभएको बताएका हुन ।
‘तालमेलको सम्भावना भयो भने गठबन्धनका पार्टीहरूसँगको तालमेललाई प्राथमिकता दिएर अघि बढ्ने भन्ने हाम्रो नीति छ उनले भने, पहिलो जोड आफ्नै तागतमा निर्वाचन जित्ने गरी तयारी गरेर अघि बढ्नुपर्छ ।’
गठबन्धनमा कुनै तितो नभएको भन्दै प्रचण्डले भने, ‘गठबन्धनमा राम्रो चलिरहेको छ । बैठकहरू भइरहेका छन् । कतिपय पार्टीभित्र मानिसहरूले टिप्पणी गरे पनि मूल नेतृत्व पंक्ति गठबन्धन लिएर हिँड्ने कुरामा द्विविधामा छैन ।
तपाईंले प्रधानमन्त्रीज्यूको वक्तव्य पनि हेर्नुभयो, गठबन्धनलाई असर पार्ने कुरा नबोल भनेर निर्देशन जारी गर्नुभएको छ । त्यसकारण अहिले गठबन्धनमा कुनै अप्ठेरोरतितो छैन ।’
३० फागुन २०७८, सोमवार १०:३७ बजे प्रकाशित












