प्रतिनिधिसभा बैठक आज दिउँसो बस्दै

संघीय संसद्को प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । संघीय संसद् सचिवालयले शुक्रबार आजको बैठकको सम्भावित कार्यसूची कार्यसूची सार्वजनिक गरेको थियो ।

सचिवालयका अनुसार बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन पेस गर्ने छन् ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने जनाएको छ । बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूचीलाई अन्तिम रुप दिनेछ ।

 


२९ फागुन २०७८, आइतवार ०८:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु