आजकाे माैसम सामान्यतया सफा रहने
देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।
प्रदेश १ र गण्डकीका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको पूर्वी हिमाली भू–भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज राति गण्डकी र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
२९ फागुन २०७८, आइतवार ०८:२४ बजे प्रकाशित












