बडुवाल हत्या प्रकरण : थप एक पुर्पक्षका लागि कारागार चलान
कैलालीका भुपेन्द्र बडुवाल हत्या प्रकरणमा थप एकजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्लाकोे टीकापुर नगरपालिका वडा नम्बर –१ का विकास शेरचनलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि जिल्ला कारागार पठाएको हो ।
जिल्ला अदालत कैलालीले बिहीबार उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम मुद्दा पुर्पक्षको लागि हिरासतमा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
लम्की चुहा नगरपालिका बस्ने २३ वर्षीय भुपेन्द्र बडुवालको गत पुस २३ गते टीकापुर नगरपालिका वडा नम्बर– १ मा हत्या भएको थियो। उनको हत्या आरोपमा हालसम्म १३ जनालाई पक्राउ गरिएको छ भने ९ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
२७ फागुन २०७८, शुक्रवार १९:२९ बजे प्रकाशित












