देशभर थप ७७ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
नेपालमा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ८१ जनाको नमूना परीक्षण गर्दा थप ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा। संगिता कौशल मिश्रले जानकारी दिइन् ।
उनका अनुसार पछिल्लो २४ घण्टामा १ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार २ सय १२ रहेको छ ।
२७ फागुन २०७८, शुक्रवार १७:०४ बजे प्रकाशित












