संखुवासभा बस दुर्घटना : हेलिकप्टरबाट घाइतेको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले संखुवासभामा भएको बस दुर्घटनाका घाइतेहरुलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले बिहीबार बिहान संखुवासभाको मादी नगरपालिका(६ पुलुङस्थित सात घुम्तिमा भएको दुर्घटनाका घाइतेहरुको उद्धारका लागि हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्रीले गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई घाइतेहरुको यथासिघ्र उद्धार गर्न निर्देशन दिइएको गृहमन्त्रालयले स्रोतले जनाएको छ ।


२६ फागुन २०७८, बिहीवार १२:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु